मारुती सिमेन्टलाई अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त

होमल्याण्ड खबर

२०७५ आश्विन ९ गते, मंगलवार १६:५३ मा प्रकाशित

मारुती सिमेन्टले आफ्नो गुणस्तरलाई अझ निखार्दै नेपाल गुणस्तर तथा नापतौल बिभागबाट अन्तर्राष्ट्रिय स्तरको मापदण्ड प्राप्त गर्ने क्रममा क्लिंकर ओपीसी सिमेन्ट उत्पादन तथा बिक्री वितरणका लागि एनएस/आईएसओ ९००१ः२०१५ र क्लिंकर–क्रसिङ, ग्राइन्डिङ र क्लिंकराइजेसन एवं ओपीसी सिमेन्ट (ग्राइन्डिङ र प्याकिङ) को लागि एनएस/आईएसओ १४००१ः२०१५ द्वारा सम्मानित नेपालकै पहिलो कम्पनी बन्न सफल भएको छ । यस सम्मानसँगै मारुती सिमेन्ट नेपालकै सर्वाधिक विश्वसनीय ब्रान्डको रूपमा स्थापित भएको दाबी गरेको छ ।