बागलुङमा पेट्रोल छर्केर आत्मदाहको प्रयास, अवस्था गम्भीर

होमल्याण्ड खबर

२०७९ माघ १८ गते, बुधबार १६:५५ मा प्रकाशित

जिल्लाका एक पुरुषले पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्। बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेर बहादुर जिसीले शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका हुन्।

जिसीको घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको र छिमेकीले जोगाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्त गंगा बहादुर थापाले जानकारी दिए। जिसीले शरीरमा आगो लगाउँदा अनुहार लगायत विभिन्न अंगमा जलेको थापाले बताए।

जिसीको धौलागिरी अस्पतालमा सामान्य उपचार पछि पोखरा रेफर गर्न थालिएको सुचना अधिकारी थापाको भनाइ छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।