पूर्व कप्तान पारस खड्का क्रिकेट संघको चुनावमा उम्मेदवार हुन नपाउने

होमल्याण्ड खबर

२०७९ माघ १९ गते, बिहीबार १५:२१ मा प्रकाशित

राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान)को आसन्न निर्वाचनमा उम्मेदवार हुन नपाउने भएका छन् ।

क्यान कार्यसमिति (बोर्ड) बैठकले बुधबार जेठ मसान्तभित्र जिल्ला, प्रदेशहुँदै केन्द्रीय निर्वाचन सम्पन्न गर्ने निर्णय गरेको छ । त्यसलाई फागुन १४–१५ मा सुर्खेतमा हुने वार्षिक साधारणसभामा पेश गरिनेछ ।

जेठ मसान्तभित्र केन्द्रीय निर्वाचन भए पारस कुनै पनि पदमा उम्मेदवार हुन पाउने छैनन् ।

क्यानको २०७५ सालमा तेस्रोपल्ट संशोधन गरिएको विधानमा क्रिकेट संघको सदस्यता हुनका लागि राष्ट्रिय टोलीबाट बाहिरिएको दुई वर्ष हुनुपर्ने उल्लेख छ ।