४ चैत्र २०८२, बुधबार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । एमाले अध्यक्ष ओली निवास बालकोटमा प्रधानमन्त्री पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
हिजोमात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई भेटेका थिए । आज फेरि प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।


दुई नेताबीच सुदूरपश्चिम सरकारले आज लिन लागेको विश्वासको मत, राष्ट्रपति निर्वाचन तथा आजै हुन लागेको लुम्बिनी प्रदेशबाट रिक्त एक राष्ट्रिय सभा सदस्य निर्वाचनबारे कुराकानी हुनेछ ।
सुदूरपश्चिममा सत्तारुढ दल नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने भनेपछि सरकार ढल्ने अवस्थामा पुगेको छ ।
राष्ट्रपति निर्वाचनबारे पनि प्रधानमन्त्री तथा उननको दल माओवादी र एमाले नेताहरूका कुरामा मतैक्यता देखिएको छैन ।
एमाले नेताहरूले सरकार निर्माणका बेला राष्ट्रपति एमालेलाई दिने सहमति भएको भनिरहेका छन्, माओवादी र प्रधानमन्त्रीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्ने बताइरहेका छन् ।