राष्ट्रिय सभा सदस्य उपचुनावमा एमालेका कुमार दसौदी निर्वाचित

होमल्याण्ड खबर

२०७९ माघ २५ गते, बुधबार १६:३९ मा प्रकाशित

राष्ट्रिय सभा सदस्य उपचुनावमा नेकपा एमालेका कुमार दसौदी निर्वाचितभएका छन्। सत्ता साझेदार दलको तर्फबाट एमालेका दसौदीले मनोनयन दर्ता गरेका थिए । उनले ४ हजार २६ मत प्राप्त गर्दै विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गर्नुभयो । यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले एक सय ९२ मत प्राप्त गरे । प्रदेश सभातर्फ तीन मत बदर भएको छ ।

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपचुनाव भएको हो । चुनावमा ३ सय ५ जना मतदाता रहेकामा ३ सय ४ मत खसेको थियो ।