४ चैत्र २०८२, बुधबार
सुदूरपश्चिम प्रदेशसभाको बैठक अपराह्न ४ बजेसम्मका लागि सारिएको छ । यस अघि आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेसम्मका लागि सरेको हो ।
नागरिक उन्मुक्ति पार्टी निर्णायक रहेको सुदुरपश्चिममा विश्वासको दिने बारेमा अहिलेसम्मम सकारात्मक नभएपछि मुख्यमन्त्री रावल संकटमा परेका छन् ।


नागरिक उन्मुक्तिले पार्टीका संरक्षक रेशम चौधरीसहित हाल जेलमा रहेका आफ्ना ६ नेताको रिहाइको माग सम्बोधन नभएसम्म विश्वासको मत नदिने अडान राखेको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका नागरिक उन्मुक्ति पार्टीका ७ सांसद अहिले काठमाडौंमै रहेका छन् । मुख्यमन्त्री रावलले आज विश्वासको मत लिन नसकेमा उनी पदमुक्त हुने छन् ।
मुख्यमन्त्री रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनु पर्छ । २७ पुसमा नियुक्त भएका रावलले आज विश्वासको मत लिन नसकेको खण्डमा उनी पदमुक्त हुनेछन् । साथै प्रदेशसभाको ठूलो दल नेपाली कांग्रेस नेतृत्वमा सरकार गठनको बाटो खुल्नेछ ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ जना सांसद छन् । त्यस्तै विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का चार र एक स्वतन्त्र सदस्य रहेका छन् ।