४ चैत्र २०८२, बुधबार
आज तीन बजेदेखि बस्ने भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै नबसी स्थगित भएको छ ।
बैठक स्थगित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदबारमा छलफल भइरहेको बताइएको छ । अध्यक्ष ओली उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत हुन् ।


आज बस्ने भनिएको संयन्त्रको बैठकबाट सुदूरपश्चिम सरकारलाई टिकाउने तथा राष्ट्रपतिको निर्वाचनका लागि सत्ता साझेदार दलबीच छलफल गरेर एउटै धारणा बनाउने तयारी थियो ।
यद्यपि, अन्तिम समयमा बैठक स्थगित गरेर प्रचण्ड र ओली छलफलमा बसेका छन् ।
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई विश्वासको मत नदिने अडान लिइरहेकाले उक्त प्रदेशमा एमालेको नेतृत्वमा बनेको सरकार ढल्ने खतरामा छ ।