४ चैत्र २०८२, बुधबार
मूलधारका राजनीतिक पार्टीहरुको विकल्पमा बैकल्पिक राजनीतिक शक्ति निर्माणको उदेश्यका साथ गठन गरिएको विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन काठमाडौँमा सुरू भएको छ।
भिन्न राजनीति गर्ने, शुसासन कायम गर्ने र वेथिति र विसंगतिका विरुद्द जमेर लड्ने, त्यसका लागि बैकल्पिक राजनीतिक शक्तिका रुपमा नयाँ शक्ति निर्माण गर्ने यो पार्टीको सुरुआती उदघोष थियो ।


तर लामो समयदेखि छिन्नभिन्न अवस्थामा रहेका कारण उसले सोजे जस्तो पार्टी निर्माण हुन सकेन । बरु थप छिन्नभिन्नको अवस्थामा पुग्यो । फेरि त्यही छिन्नभिन्न अवस्थालाई संगालेर नयाा शिराबाट पार्टी पर्नूनिर्माण गर्ने विवेकशीला साझाले उदघोष गदैं पार्टीको महाधिवेशन सुरु गरेको छ ।
सो पार्टीको प्रथम महाधिवेशन आजबाट सुरू भएको हो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेशनको नयाँ नेतृत्वका लागि सो पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन् ।
पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको विवेकशीलले महाधिवेशनमा दाहालले राजनीतिक दस्तावेज पेस गर्नेछन भने प्रस्तावित विधान रमेश पौडेल पेस गर्ने मिलन पाण्डेले जानकारी दिए ।
उनका अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ । महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्।
शनिबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गर्ने तयारी भएको छ ।