लुम्बिनी प्रदेशका सात मन्त्रीले लिए शपथ

होमल्याण्ड खबर

२०७९ माघ २९ गते, आईतवार १५:४६ मा प्रकाशित

लुम्बिनी प्रदेश सरकारका सात जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् ।

प्रदेशसभा भवन परिसरमा शनिबार आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नियुक्त भएका मन्त्रीलाई शपथ खुवाएका हुन् ।

समारोहमा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शपथ लिएका हुन् ।

दिउँसो १ बजेका लागि तयारी गरिएको नवनियुक्त मन्त्रीहरुको शपथ कार्यक्रम हावाहुरीका कारण ढिलाे भएकाे हाे ।