८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य पूरा हुन्न : अर्थमन्त्री

होमल्याण्ड खबर

२०७९ माघ २९ गते, आईतवार १६:४९ मा प्रकाशित

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको ८ प्रतिशत लक्ष्य पूरा नहुने बताएका छन् । बजेटको अर्ध बार्षिक समीक्षा गदै संसदमा अर्थमन्त्री विष्णु पौडेलले त्यस्तो बताएका हुन् । अघिल्लो सरकारले बजेट ल्याएको थियो । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेटमा ८ प्रतिशतको आथिर्क बृद्धिको लक्ष्य राखेर बजेट प्रस्तुत गरेका थिए ।

उनले पर्यटन क्षेत्रमा केही सुधार भए पनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्न सक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने बताएका हुन् । धान उत्पादन गत वर्ष भन्दा सामान्य मात्र वृद्धि हुने अर्थमन्त्री पौडेलले बताए ।

चालू बजेट तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएका हुन् । शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रूपैयाँ बराबरको बजेट ल्याएका थिए । तर, माघ महिना सकिन लाग्दा समेत बजेट खर्च सन्तोषजनक देखिएको छैन ।

अर्थमन्त्री पौडेलले सरकारी खर्च कटौती गर्ने प्रस्ताव गरेका छन् । उनले खर्च हुन नसक्ने बजेटलाई अर्थ मन्त्रालयमै फिर्ता गर्न आग्रह गदै प्रभावकारी हुने खर्च मात्र गर्न आग्रह गरेका छन् ।