४ चैत्र २०८२, बुधबार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दल र केन्द्रीय समितिको बैठक बोलाएको छ ।
सोमबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा समसामयिक राजनीतिक अवस्था र चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको तयारीबारे छलफल गर्ने एजेण्डा छ । बैठकले चितवन निर्वाचन–२ मा पार्टीबाट कसले उम्मेदवारी दिने भन्ने टुंगो लगाउनेछ ।


यसअघि सो क्षेत्रबाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर नागरिकता विवादका कारण अदालतले सांसद पदबाट निलम्वित हुने फैसला गरेपछि उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगले चितवन क्षेत्र नम्बर २ मा आगामी बैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।
रास्वपाबाट पुनः सभापति लामिछाने उम्मेदवार हुने चर्चा छ । उनले आफ्नो नागरिकता बदर भएपछि पुनः नयाँ नागरिकता लिएका छन् । तर, पासर्पोटसम्बन्धी उनीविरुद्ध प्रहरीमा परेको निवेदनमा भने प्रहरीले अनुसन्धान थालेको छ ।