२६ बैशाख २०८३, शनिबार
दुर्घटनामा एक महिलाको मृत्युको विषयमा भएको प्रदर्शनका क्रममा सोमबार दिउँसो प्रहरी र प्रदर्शनकारीको झडपमा एक प्रहरी घाइते भएका छन् ।
आन्दोलनकारीले ढुङ्गा प्रहार गर्दा प्रहरी घाइते भएका हुन् । झडप नियन्त्रण गर्न प्रहरीले द्ध राउन्ड अश्रुग्यास हानेको छ । अहिले प्रहरीले आन्दोलनकारीलाई लखेटेर मंगलगढी चोकदेखि बुलबुले चोकमा पुर्याएको छ ।मंगलगढी चोकमा आन्दोलनकारी र प्रहरी बीचको झडप हुँदा आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटाले जानकारी दिए ।

