भारतीय विदेशसचिव क्वात्रा गरे पशुपति मन्दिरको दर्शन

होमल्याण्ड खबर

२०७९ फाल्गुन १ गते, सोमबार १८:२९ मा प्रकाशित

काठमाडौं । भारतका विदेशसचिव विनयमोहन क्वात्राले श्री पशुपतिनाथ मन्दिरमा आज साँझ दर्शन पुजन गरेका छन् । नेपालका लागि भारतीय पुर्व राजदूत समेत रहिसकेका क्वात्रा तिनदिने नेपाल भ्रमणमा आएका हुन् ।

सोमबार साँझ क्वात्रालाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले मन्दिर परिसरमा स्वागत गरेका थिए। ” नेपाल-भारत बिचको धार्मिक, सांस्कृतिक सम्बन्धलाई थप उँचो बनाउनेतर्फ आफ्नो भुमिका रहने” विदेशसचिव क्वात्राले आफुसँगको साक्षात्कारमा बताउनु भएको डा. थापाले जानकारी दिए ।

महाशिवरात्रीको पुर्वसन्ध्यामा भारतीय विदेशसचिवको पशुपति दर्शनले बाह्य पर्यटन आगमनमा सकारात्मक प्रभाव पर्ने सदस्यसचिव डा. थापाले बताए ।