२६ बैशाख २०८३, शनिबार
ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात यातायात मजदुरहरूले गरेको यातायात सेवा बन्दले नागरिकलाई सास्ती भएको छ । अहिले उपत्यकामा सार्वजनिक यातायात सेवा ठप्प छ । सडकमा फाटफुट निजी सवारी चलिरहेका छन् । सडक खाली देखिन्छन् ।
स्कुल, कलेज हिडेका विद्यार्थी, अस्पतालमा हिडेका विरामी र अन्य कामका लागि हिडेका नागरिक पौदल यात्रा गरिरहेका देखिन्छन् ।


उपत्यका बाहिर जाने लामो दुरीका सवारी साधन भने फाट्टफुट्ट चलेका छन्। नयाँ बसपार्क, कोटेश्वर, कलंकीलगायत बस काउन्टरहरू बन्द छन्। अहिले चोक चोकमा बाक्लो संख्यामा प्रहरी खटिएका छन्।
सार्वजनिक सवारी साधन नचल्दा यात्रु मारमा परेका छन्। निजी सवारी साधन भने निर्वाध रूपमा सञ्चालनमा रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।