९ मंसिर २०८१, आईतवार
आईसीसी क्रिकेट विश्वकप लिग-टु अन्तर्गत आजदेखि घरेलु मैदानमा सुरु भएको लिग टु शृखंलामा नेपालले नामिबियाविरुद्ध पहिले फिल्डिङ गर्दैछ ।
कीर्तिपुरस्थित टीय मैदानमा नेपालले टस जितेर फिल्डिङ रोज्दै नामिबियालाई ब्याटिङको निम्तो दिएको हो । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक शृखंला आजदेखि काठमाडौंमा सुरु भएको हो ।
नेपालले नामबियासँग खेल्दै शृखंलाको सुरुआत गरेको छ । लिग टु मा नेपालले तीन वर्षपछि घरेलु मैदानमा खेल्दैछ भने नामबायले ७ वर्षपछि नेपालमा आएर खेल्न लागेको हो ।
नेपालले यसअघि सन् २०२० फेब्रुअरीमा ओमान र अमेरिकासहितको लिग टु शृखंला घरेलु मैदानमा खेलेको थियो । नामिबियाले २०१६ मा वर्ल्ड क्रिकेट लिगअन्तर्गत काठमाडौं आएर नेपालसँग दुई खेल खेलेको थियो ।
नेपालले लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिबियामा गएर शृखंला खेलिसकेको छ ।
लिग टु मा नेपालले नामिबियालाई हराउन सकेको छैन । त्यसैले आजको खेलमा नेपालको सबै शक्ति घरेलु मैदान र दर्शकमाझ नामिबिलाई हराउनेतर्फ हुनेछ ।