६ आश्विन २०८३, मंगलवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको बनावट फेरि पनि अस्थिरताको कारक बन्न सक्ने संकेत गरेका छन् ।
निर्वाचन अगाडीसम्म रहेको पाँच दलीय गठबन्धन तोडन सकेपनि कथैकदाचित फेरि संसदको बनावट अस्थिरताको कारण हुनसक्ने तिर ओलीले संकेत गरेका हुन् ।


‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाउन सफल भएका छौं, यो सफलताको कुरा हो । तर हाम्रा आम रुपमा पार्टीका साथीहरु प्रसन्न भएको देखिन्छ, प्रसन्न हुनुपर्छ तर कथं यो स्थिति फेरियो भने, संसदको बनावट अस्थिरताको कारक हुने बनावट छ’ पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुको राष्ट्रिय सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गदैं अध्यक्ष ओलीले भने ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनमा राष्ट्रि« सहमतिको कुरा उठाउन थालेपछि ओलीले संसद फेरि अस्थिरताको कारण बन्न सक्ने तिर संकेत गरेका हुन् । यधपी सत्ता गठबन्धनमा रहेका ओलीले त्यसरी सिधै प्रधानमन्त्री डगमगाउन सक्ने गरी नामै किटेर भने सम्वोधन गरेनन ।
संसदमा बहुमत कसैको नभएको र एमालेसँग बहुमत भन्दा निकै तल सिट रहेको ओलीले बताए । ‘अनेक प्रकारका भित्रका बाहिरका अनेक शक्ति देश बर्बाद पार्न क्रियाशील छन्’ ओलीले भने, ‘सबभन्दा पहिले कुनै डाँकाले बैंक डकैती गर्नुपरेमा पालेलाई प्रहार गर्छ । एमाले यो देशको पाले हो, पहिले यसमाथि प्रहार हुन सक्छ ।’
कम्युनिष्ट पार्टीले कहिल्यै पञ्चायत स्वीकार नगरेको भन्दै ओलीले त्यसपछिको ७ वर्ष फेरि कम्युनिष्ट जेलमा बसेको बताए । ०३६ सालमा जनमत संग्रहमा पञ्चायतले जितेको होइन, जिताइएको घोषणा गरिएको भन्दै ओलीले आज त बाजुरा, स्याङङामा त वुथ कब्जा गरेर जितेका छन भने हिजो त्यसवेला कसरी कब्जा गरे होलान् बुझनुपर्ने बताए ।
ओलीले एमाले माओवादी एकतापछि बनेको नेकपाको प्रसंग पनि विद्यार्थीको सम्मेलनमा सुनाएका थिए । एमालेविरुद्ध त्यसवेला घेरावन्दी गरिएको भन्दै त्यस्तो घेरावन्दी तोडेको ओलीको भनाई थियो ।
‘हामीलाई घेराबन्दीमा पारियो, पारिएकै हो । वामपन्थी आन्दोलनलाई झण्डै दुई तिहाई पुरइएको थियो । भित्रैबाट प्रहार, बाहिरबाटै प्रहार । बाहिरको प्रहार रोकिएकै थियो । तर भित्रैको प्रहारलाई रोक्न सकिएन,’ ओलीले भने –‘अध्यक्षलाई त साधारण सदस्य समेत नहुने गरी हेनुस् त कारवाही गरेको । चार किल्ला ठोकेरै अध्यक्षलाई घेरावन्दी गरेका थिए । तर त्यो घेरावन्दी चिरेर तपाईहरुले पार्टी जोगाउनु भयो । अब पनि तपाईहरुले आन्दोलनलाई विजयी बनाउने गरी त्यही जागरुकताका साथ अगाडी बढ्नुपर्छ ।’
ओलीले आफु सरकारमा रहेको बेला आन्दोलनबाट पल्टाउने अनके प्रयास गरिएको पनि बताए । ‘विकास र समृद्धिका पक्षमा भईरहेका काम देख्न नसकेर कहिले प्रधानमन्त्री कार्यालय घेरावन्दी गर्ने, कहिले के गर्ने भनेर पनि आए, तर त्यो सफल भएन,’’ओलीले भने,–‘विद्रोह सफल बनाउन सकारात्मक आन्दोलन हुनुपर्छ । त्यो बेला हामीविरुद्द दुषित आन्दोलन थियो । त्यो आफै असफल भएर गयो ।’
लोभीपापीको प्रतिष्ठा केही समय रहेपनि धेरै टिक्न सक्दैन भन्दै ओलीले त्याग गर्न विद्यार्थी नेताहरुलाई निर्देशन दिए ।
विद्यार्थी संगठनको नेतृत्व लिन खोज्नेहरुलाई ओलीले आफुलाई मात्र केन्द्रमा राखेर नसोच्न आग्रह गरे । उनले त्यसका लागि आफुसँगको प्रतिस्पर्धीको क्षमता लाई पनि हेरेर योग्यमध्येको योग्य छान्नुपर्ने बताए । ‘प्रतिस्पर्धामा आफु भन्दा योग्य साथी कोही छन् भने उनलाई छोडेर लोकतान्त्रिक अभ्यासलाई उन्नत, बुझेर समुचित अभ्यास गर्नुपर्छ । यसको काम तपाईहरुले गर्नुहुनेछ भन्ने मैले बुझेको छु’ ओलीले भने ।
ओलीले उच्चस्तरीय समझदारी बनाएर अगाडी बढन विद्यार्थी संगठनका नेताहरुलाई ओलीले निर्देशन दिए । विद्यार्थीहरुको काँधमा सिंगो जिन्दगी बनाउनु पर्ने भन्दै ओलीले जीन्दगी सहज र सुखी बनाउने काममा विद्यार्थीहरु लाग्नुपर्ने पनि उनले बताए ।
आफु अ