एमालेले ‘मिसन ग्रासरुट’मा कुन नेतालाई कहाँ खटायो ?

होमल्याण्ड खबर

२०७९ फाल्गुन ३ गते, बुधबार ०९:४१ मा प्रकाशित

नेकपा एमाले ‘मिसन ग्रासरुट’ अभियानका लागि केन्द्रीय सदस्यहरुलाई खटाएको छ । २६ माघमा बसेको केन्द्रीय सचिवालयको फागुन र चैत महिनाभर संगठन विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान चलाउने निर्णय गरेको थियो ।

अभियानमा पालिका पालिकामा खटिने केन्द्रीय सदस्यहरुले सदस्यता नवीकरण, प्रशिक्षण, जनप्रतिनिधि र पार्टीको सम्बन्ध सुधार, पार्टीबारे राय सुझाव लिने जस्ता काम गर्नुपर्ने एमालेले जनाएको छ ।