राजनीतिक अस्थिरताले स्वाधिनता र स्वाभिमानमा अवरोध पुर्‍याउँछ : महासचिव पोखरेल

होमल्याण्ड खबर

२०७९ फाल्गुन ३ गते, बुधबार ०९:४२ मा प्रकाशित

एमाले महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताले स्वाधिनता र स्वाभिमानको यात्रामा अवरोध पुर्‍याउने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा महासचिव पोखरेलले भूराजनिितक द्वन्द्वलाई मलजल गर्ने बताएका छन् । उनले मुलुकको हितमा स्थायित्व खोज्दै त्यसलाई प्रवद्धन गर्नुपर्ने उल्लेख गरेका छन् ।

‘राजनीतिक अस्थिरताले भूराजनीतिक द्वन्द्वलाई मलजल गर्ने हो । मुलुकको हितमा स्थायित्वको खोजी गरौ, स्थायित्वलाई प्रवर्धन गरौं,’ महासचिव पोखरेलले ट्वीटरमा लेखेका छन्, ‘अस्थिरताले विकास र समृद्धिलाई मात्र होइन, स्वाधिनता र स्वाभिमानको यात्रामा समेत अवरोध पुर्याउछ भन्नेकुरा वुझ्न ढिला भएन र ?’