३ चैत्र २०८२, मंगलवार
कीर्तिपुर अस्पतालले ग्यास सिलिण्डर विस्फोटबाटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि विदेशमा लैजान सिफारिस गरेको छ ।
नेपालमा स्रोत र साधनको अभावले डा. भण्डारीका आमा छोराको उपचार गर्न गाह्रो भएको अस्पतालले जनाएको छ ।


अस्पतालकी डा. निजिना ताम्राकार र जलन उपचार विभागका प्रमुख डा. किरण नकर्मीले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्रोत र साधनको अवस्थामा उहाँहरूको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशिघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ ।’
अस्पतालले सांसद भण्डारीको अनुहार दुवै हात र खुट्टामा गरी २५–३० प्रतिशत र आमाको शरीरको अधिकांश भागमा गरी ७० प्रतिशत जलन भएको जनाएको छ ।
