अनेरास्ववियुको नयाँ नेतृत्व चयन गर्न मतदान सुरू

होमल्याण्ड खबर

२०७९ फाल्गुन ४ गते, बिहीबार १६:१९ मा प्रकाशित

नेकपा एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वक चयनका लागि मतदान सुरू भएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी २३औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत हुन नसकेपछि भोटिङबाट नेतृत्व चयन गर्न लागिएको हो । अनेरास्ववियुले मतदानका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको छ ।