३ चैत्र २०८२, मंगलवार
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ ।
आजको बैठकमा राष्ट्रपति पदको निर्वाचनलगायत पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।


जसपाको आइतबार बसेको बैठकमा पनि राष्ट्रपति र उपराष्ट्रपति र पार्टीको विधान महाधिवेशनको तयारी लगायत बारेमा छलफल भएको थियो ।