८ मंसिर २०८१, शनिबार
नेपाल बंगलादेश बैंक र नेसनल बैंकिङ इन्स्टिच्युटबीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौताअनुसार एनबीआईले नेपाल बंगलादेश बैंकका कर्मचारीहरूको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउनेछ ।
सम्झौताअनुसार नेपाल बंगलादेश बैंकले आफ्ना कर्मचारीका लागि नेसनल बैंकिङ इन्स्टिच्युटबाट न्यूनतम ५० लाख रुपैयाँबराबरको वार्षिक तालिम सञ्चालन गराउनेछ । उक्त सम्झौतापत्रमा नेपाल बंगलादेश बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीब सुब्बाबीच हस्ताक्षर भएको छ ।