पुरानो गठबन्धन ब्युँताउने निर्णय अहिले फाइनल भइसकेको छैन : प्रधानमन्त्री दाहाल

होमल्याण्ड खबर

२०७९ फाल्गुन ११ गते, बिहीबार १४:३२ मा प्रकाशित

 प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस १० गते भंग भएको पाँच दलीय गठबन्धन ब्युँताउनेबारे अहिले कुनै टुंगो भइनसकेको बताएका छन् ।

सिंहदरबारमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसँगको संवादपछि उनले यस्तो बताएका हुन् ।
नेपालसँगको संवादपछि निस्किने क्रममा पत्रकारले सोधेका थिए- ‘पुरानो गठबन्धन ब्युँताउने निर्णय भइसकेको हो ?’ जवफमा प्रचण्डले भने– ‘होइन अहिले फाइनल भइसकेको छैन ।’

उनले राष्ट्रपतिको उम्मेदवारबारे पनि अहिले नै केही टुंगो नलागिसकेको बताए । उनले भने, ‘१३ गतेसम्म टुंगिजान्छ अहिले कुरा भइरहेको छ, टुंगिएको छैन ।’

उक्त भेटघाटमा माओवादीबाट प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट माधव नेपाल र घनश्याम भूसाल सहभागी थिए ।