राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई समर्थन गरे सरकार छाड्छौं– योगेश भट्टराई

होमल्याण्ड खबर

२०७९ फाल्गुन ११ गते, बिहीबार १५:१७ मा प्रकाशित

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले पुष १० को सहमति बाहिर गएर राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरे आफूहरु सरकार छाड्ने बताएका छन् ।

आज (बिहिबार) प्रेस चौतारी नेपाल रुकुम पश्चिमले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले कांग्रेसलाई साथ दिएको खण्डमा एमालेले दुई वटा डुङ्गामा खुट्टा नहाल्ने स्पष्ट पारेका हुन् ।

उनले अझैपनि एमालेले नै प्रस्ताव गरेको उम्मेदवार राष्ट्रपति बन्ने र प्रचण्ड सहमति कार्यान्वयनका लागि इमानदार हुने आफूहरु विश्वस्त रहेको बताए ।