२६ बैशाख २०८३, शनिबार
सप्तरी जिल्लाको खडग नगरपालिका-१०, खडगपुरमा बिहीबार आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ ।
स्थानीय पलनु यादवको घरबाट बिजुलीको तार सर्ट भई आगो लाग्दा पलनु यादवसमेत छिमेकीहरु गोहलु यादव, उमेश यादव र वीरेन्द्र यादवको एलबेस्टरले छाएको घर जलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट १७ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान छ ।


बिहीबार दिउँसो २ बजेतिर भएको आगलागी राजविराज र शम्भुनाथ नगरपालिकाको वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा साढे ३ बजे निभाइएको थियो ।