२६ बैशाख २०८३, शनिबार
क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन मुद्दाको आज पेशी तोकिएको छ । उच्च अदालत पाटनको आदेशमा प्रतिवन्धात्मक व्यवस्था रहेकाले विदेशमा खेल्न पाउनुपर्ने भन्दै सन्दीपले सर्वोच्चमा पुनरावेदन गरेका थिए ।
नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च अदालत पुगेका थिए ।


धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिवन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिवन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।
त्यस्तै, राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले यूएईमा हुन लागेको आइसिसी विश्वकप लिग–२ सिरिजमा प्रमुख स्पिनर सन्दीप लामिछाने नहुने भएपछि अन्य खेलाडीले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिम पपुवा न्युगिनीसमेत सहभागी हुने त्रिकोणात्मक शृंखला खेल्न शनिबार यूएई जाँदैछ । नेपाली टिमले लिग–२ मा अब यूएईको भूमिमा ४ र घरेलु मैदानमा ४ वटा खेल खेल्न बाँकी छ ।