राष्ट्रपतिमा एमालेले उम्मेदवारी दिन्छ, अन्त के भइरहेको छ मलाई थाहा छैन – अध्यक्ष ओली

होमल्याण्ड खबर

२०७९ फाल्गुन १२ गते, शुक्रबार १५:०६ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी दर्ता हुने बताएका छन् ।

बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित चार दलको बैठकले चुनावअघिको गठबन्धन ब्युँताउने सहमति गरेपछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा ओलीले भने, ‘राष्ट्रपतिमा भोलि एमालेले मनोनयन दर्ता गर्छ, हाम्रो उम्मेदवार पक्का छ। अन्त कहाँ के भइरहेको छ मलाई थाहा छैन ।’

पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने बेलामा एमालेले राष्ट्रपति पाउने सहमति भएको थियो । तर, प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय सहमतिको नाममा एमालेसँग दुरी बढाएर पुरानै गठबन्धनको पक्षमा उभिएका छन् ।