सरोकारवाला बाहेकलाई बाहिर निकालेर सन्दीपको मुद्दामा बहस सुरु

होमल्याण्ड खबर

२०७९ फाल्गुन १४ गते, आईतवार १२:४४ मा प्रकाशित

बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतको बन्द इजलासमा बहस सुरु भएको छ ।

सन्दीपका तर्फबाट बहस गरेका अधिवक्ता मुरारी सापकोटाले बन्द इजलासको माग गरे । उनको माग सम्बोधन गर्दै सरोकारवालाबाहेक सबैलाई इजलासबाट बाहिर पठाएर बहस सुरु गरिएको छ ।

सन्दीपलाई धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले गरेको पुरावेदन र सन्दीपले विदेशमा पनि खेल्न पाउनुपर्ने भन्दै हालेको निवेदनमा न्यायाधीशहरू सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस सुरु भएको हो ।