राष्ट्रपतिको उम्मेदवारबिरुद्ध कुनै उजुरी परेन

होमल्याण्ड खबर

२०७९ फाल्गुन १४ गते, आईतवार १४:५७ मा प्रकाशित

 राष्ट्रपति पदका दुवै उम्मेदवारको विरोधमा कुनै पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगकी सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार अनुसार हिजो उम्मेदवारी दर्ता गराएका राष्ट्रपतिका उम्मेदवारद्धय नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवासचन्द्र नेम्वाङका बिरुद्धमा कुनै उजुरी नपरेको हो ।

तोकिएको समयसिमा अर्थात आज बिहान १० बजेदेखि २ बजे दिउँसोसम्म कुनै पनि उजुरी नपरेको आयोगले एक सूचना जारी गर्दै जनाएको छ ।

राष्ट्रपतिका लागि फागुन २५ गते निर्वाचनको मिति तोकिएको छ ।