प्रहरीको भ्यानबाट भागेका बलात्कार अभियुक्त ३ दिनपछि पक्राउ

होमल्याण्ड खबर

२०७९ फाल्गुन १७ गते, बुधबार १०:५९ मा प्रकाशित

धनुषा प्रहरीको भ्यानबाट भागेका बलात्कारका अभियुक्त पक्राउ परेका छन् । गत आइतबार साँझ करिब ७ बजे धनुषाको सहिदनगर नगरपालिका ३ स्थित यदुकुहामा प्रहरी भ्यानबाटै हाम फालेर हतकडीसहित भागेको २८ वर्षीय राजाबाबु मुखिया ३ दिनपछि पक्राउ परेका हुन् ।

मंगलबार मध्यराति करिब सवा १२ बजे जिल्ला प्रहरी कार्यालय र मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको संयुक्त टोलीले मुखियालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

त्यस्तै थुनुवा गाडीमा मुखियाको सुरक्षार्थ खटिएको ६ जनाविरुद्ध प्रहरी नियमावलीअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।