३ चैत्र २०८२, मंगलवार
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको बेन्चमा परेको छ।
प्रचण्डविरूद्धको रिटको पेशी आज न्यायाधीश खतिवडाको इजलासमा तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।


अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध दुई वटा रिट दायर गरेका छन्। अधिवक्ता आरणका बुवा टीकाराजलाई तत्कालीन विद्रोहीले अपहरण गरी हत्या गरेका थिए।
त्यस्तै अधिवक्ता बुढाथोकीका बुवा भुवानसिंह विस्थापित बनाएका थिए। प्रचण्डविरूद्ध रिट दायर भएपछि माओवादी धारका पार्टीहरूले संक्रमणकालीन अवस्थाका घटनाहरु अदालतले हेर्न नमिल्ने बताउँदै आएका छन् ।