उपराष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिने

होमल्याण्ड खबर

२०७९ फाल्गुन २८ गते, आईतवार ११:४० मा प्रकाशित

उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशन हुँदैछ ।

उम्मेदवारहरुविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।

यसअघि हिजो जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादविरुद्ध उजुरी परेको थियो ।

१० दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवको उम्मेदवारी दर्ता भएको थियो ।

उपराष्ट्रपतिमा सत्तारुढ दलहरूकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी चार जनाको उम्मेदवारी परेको छ ।