३ चैत्र २०८२, मंगलवार
विवेकशील साझा पार्टीले आफ्नो केन्द्रीय समितिमा १४ जना सदस्य मनोनयन गरेको छ । यसअघि दुई पटक बसेको केन्द्रीय समिति बैठकले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको हो ।
जसमा बागमती प्रदेशका तर्फबाट भक्तपुरका सुरज प्रधान र काठमाडौँका सुरेन्द्र रानाभाट केन्द्रीय समिति सदस्यमा सर्वसम्मत चयन भएका छन् ।


यसैगरी नवराज थापा (गोरखा), जनप्रतिनिधिसमेत रहेका रुस्तम अन्सारी (बारा), सूर्यदीप रेग्मी ‘दीपक’ (कर्णाली), चक्र न्यौपाने (ज्येष्ठ नागरिक÷काठमाडौं), निर्जला कक्षपती (महिला), हरिश भट्ट (सुदूरपश्चिम), धनेज थापा (उमेदवार/काठमाडौं) छन्।
यसैगरी सरोज गौतम (युवा/गण्डकी), मिलन परियार (ललितपुर), निरन्जन चापागाईं (काठमाडौं), शिशिर बन्जारा ( युवा/गण्डकी) र चन्द्र श्रेष्ठ (महिला) लाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको छ ।
योसँगै विवेकशील साझा पार्टीको केन्द्रीय समिति ६५ सदस्यीय भएको पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारले जानकारी दिए ।