बुधबार नेप्से १९३८ अंकमा ओर्लियो

होमल्याण्ड खबर

२०७९ चैत्र १ गते, बुधबार १६:०९ मा प्रकाशित

सेयर बजारको परिसूचक नेप्से बुधबार थप ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा परिसूचक नेप्से १४.४४ अंक घटेर १९३८ मा कायम भएको छ । दिउँसो २ बजेतिर परिसूचक १९२६ अंकसम्म झरेपछि अन्तिममा केही सम्हालिएको हो ।

कुल १ अर्ब २० करोडको कारोबार भयो । यसअघि हिजो १ अर्ब १३ करोडको कारोबार भएको थियो । ५१ कम्पनीको मूल्य बढ्दा १४९ को घट्यो भने १४ को स्थिर रहृयो । ब्यापारबाहेकका सबै उपसमूह घटे । ब्यापार १० अंक बढ्यो । बैंकिङ ९.९, विकास बैंक २७, फाइनान्स १४, होटल ७, जलविद्युत् ९, जीवन बीमा ६९, उत्पादन ३२, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा १७ र अन्य उपसमूह ४ अंक घटे ।

दुई कम्पनी युनिक लघुवित्त र शुभम पावरको मूल्य १० प्रतिशत बढ्यो । विन्ध्यवासिनी हाइड्रोको मूल्य ६.४ तथा रुरुको ५.७ प्रतिशत मूल्य बढ्यो । किसान लघुवित्तको ५.९ तथा बाराही हाइड्रोको ५.२ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक, सानिमा माइ हाइड्रो, नबिल बैंक, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।