३ चैत्र २०८२, मंगलवार
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई बलियो बनाउन मिडियाको ठूलो भूमिका रहेको प्रतिक्रिया दिएका छन् ।
नेपाल पत्रकार महासंघको टोलीसँग शीतलनिवासमा शुक्रबार भएको भेटमा राष्ट्रपति पौडेलले लोकतन्त्रलाई बलियो बनाउन सधैं खबरदारी गरिरहन सञ्चार क्षेत्रलाई आग्रह पनि गरे ।


‘लोकतन्त्रपछि मिडियामा क्रान्ति आएको छ । महासंघको गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउनुस्,’ राष्ट्रपति पौडेलले भने । उनले जनतालाई सुसूचित गर्न सूचना संयन्त्र भरपर्दो र प्रभावकारी हुनुपर्ने धारणा राखे ।
राष्ट्रपतिमा निर्वाचित भएपछि महासंघको टोलीले पौडेललाई बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना दिएको थियो ।