३ चैत्र २०८२, मंगलवार
नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले प्रधानमन्त्रीले देशका समस्या समाधानको सामना गर्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाको आजको बैठकमा संविधानको धारा १००(२) अनुसार विश्वासको मत मागेपछि कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीलाई पार्टीले विश्वासको मत दिने बताउँदै देशका समस्या प्रधानमन्त्रीले सम्बोधन गरेर जान सक्ने आफनो पार्टीलाई लागेको बताए ।
उनले देशमा अझै पनि सहकार्यको राजनीति आवश्यक रहेको भन्दै त्यसको पक्षमा कांग्रेस रहेको पनि बताए । देउवाले भने,–‘मैले प्रधानमन्त्रीको प्रस्तावमा समर्थन गर्दा भनेको थिए, संसदको अधिवेशनको प्रारम्भमानै अस्थिरताका आवाजहरु उठ्न थालेका छन। संसद अनिश्चितता र देश अन्यौल तर्फ जाने सम्भावना बढेको छ। तसर्थ हामीले प्रतिनिधि सभाको पूर्ण कार्यकालको सुनिश्चितता र समग्रमा राजनीतिक स्थिरताको लागि प्रस्तावको पक्षमा मतदान गरेका थियौ ।’


उनले आज भन्दा २१ महिना अगाडी संसद विघटन गरेर देशलाई अिस्थरतातिर लैजाने प्रयास भएको र त्यसलाई आफनो प्रधनमन्त्रीत्वमा अन्य राजनीतिक दलको सहयोगमा संसदलाई पूर्ण कार्यकाल सम्पन्न गर्न सफल रहेको देउवाले त्यस अवसरमा स्मरण गरेका थिए । देउवाले स्थानीय तहको चुनाव, प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन समयमै सम्पन्न भएको पनि देउवाले बताए ।
देउवाले गठबन्धनको सस्कृतिलाई आत्मसाथ सबैले गर्नुपर्ने बताए । उनले भने,–‘कुनै एक मात्र दलले प्रतिनिधि सभामा बहुमत ल्याउन सक्ने अवस्था प्रायः नहुने भएको हुदा गठबन्धनको संस्कृतिलाई आत्मसात गर्नु पर्ने हुन्छ । त्यसैले पनि हामीले गठबन्धनको संस्कारमा अभ्यस्त हुदै जानुको विकल्प छैन । राजनीतिक गठबन्धनहरु आत्म केन्द्रीत, स्वार्थ प्रेरित, क्षणीक र अस्थिरता ल्याउने हुनु हुदैन । देश र जनताको पक्षमा, संविधानको रक्षा गर्ने र देशमा स्थिरता, अमन चयन, शान्ति र विकासका लागि गठबन्धन केन्द्रीत हुन आवश्यक छ।’