३ चैत्र २०८२, मंगलवार
नेकपा माओवादी केन्द्रले संठनात्मक विषयमा सुझाव संकलन गर्नका लागि सबै प्रदेशमा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
माओवादी केन्द्रको संगठन विभागको बैठकले आगामी चैत ११ देखि २५ गतेसम्म सबै प्रदेशमा अन्तरक्रिया गर्ने तय गरेको हो ।


संगठन विभाग प्रमुख जनार्दन शर्मा ‘प्रभाकर’को अध्यक्षतामा बसेको बैठकले सम्पर्क समन्वय प्रदेशमा चैत ११, उपत्यका विशेष प्रदेशमा चैत १३ गते अन्तरक्रिया गर्ने निर्णय गरेको छ । यस्तै, कोशी प्रदेशमा चैत १७ गते, मधेस प्रदेशमा चैत १८ गते, बागमती प्रदेशमा चैत २७ गते, लुम्बिनी प्रदेशमा चैत २५ गते कार्यक्रम गर्ने भएको छ ।
यस्तै, कर्णाली प्रदेशमा चैत २२ गते, सुदूरपश्चिम प्रदेशमा चैत २० गते तथा गण्डकी प्रदेशम पछि तय हुनेछ । विभागका एक सदस्यका अनुसार प्रदेशहरुमा हुने अन्तरक्रियामा केन्द्रीय संगठन विभागका नेताहरु सहभागी हुनेछन् ।