माछापुछ्रे बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई लकर हस्तान्तरण

होमल्याण्ड खबर

२०७५ आश्विन १५ गते, सोमबार १४:३४ मा प्रकाशित

माछापुछ्रे बैंकले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरूको सुविधाका लागि लकर कक्ष निर्माण गरी एक कार्यक्रमकाबीच आइतबार पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरेको छ । उक्त कार्यक्रमको उद्घाटन कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले गरे ।

पशुपतिक्षेत्र विकास कोषलाई बैंकले दिएको योगदानको अधिकारीले उच्चप्रशंसा पनि गरे । कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष रोशन केसीले बैंकको १८ औ वार्षिकोत्सवको अवसर पारेर विश्वकै हिन्दूहरूको महान तीर्थस्थल पशुपतिनाथमा एउटा पुण्यको कार्य गर्न पाउँदा सम्पूर्ण माछापुछ्रे बैंक परिवार गौरवान्वित भएको बताए । बैंकले पशुपतिमन्दिरमा आउने तिर्थालुजनहरूको सुविधाका लागि लकर घरनिर्माण गरी ५१० थान लकर राखेको हो । उक्त लकर कक्ष सञ्चालनमा आएपश्चात तिर्थालुजनहरूले लकरमा आफ्नो सर–सामानहरू सुरक्षित रूपमा राख्न सक्नेछन् ।