प्रधानमन्त्री र देउवाबीच मन्त्रालय भागबण्डाबारे भेटवार्ता

होमल्याण्ड खबर

२०७९ चैत्र १३ गते, सोमबार १०:१३ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता जारी छ ।

धानमन्त्रीको सरकारी निवास बालुवाटारमा भइरहेको भेटवार्तामा मन्त्रालय भागबण्डाबारे छलफलल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका छन् । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति देउवासँग यही विषयमा प्रधानमन्त्रीले छलफल गरिरहेका हुन् ।

प्रधानमन्त्रीले कांग्रेसलाई ७ मन्त्री र एक राज्यमन्त्री दिने बताइरहेका छन् । तर, कांग्रेसले मन्त्रालय मागिरहेको कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पार्टी पदाधिकारीको शनिबार बसेको बैठकमा व्रिफिङ गरेका थिए ।

अहिले प्रधानमन्त्री दाहालले १६ मन्त्रालय आफैले सम्हालीरहेका छन् ।

६ चैतमा विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले सत्तारुढ दलहरूबी भागबण्डा नमिलेका मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।