नारायणकाजी गृह मन्त्री बन्ने निश्चित

होमल्याण्ड खबर

२०७९ चैत्र १५ गते, बुधबार १५:२३ मा प्रकाशित

उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री बन्ने भएका छन् ।

भौतिक मन्त्रालय एकीकृत समाजवादीले लिने भएसँगै मन्त्री श्रेष्ठ उपप्रधानसहित गृह मन्त्रीमा जाने निश्चित भएको हो । गृह मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि श्रेष्ठ मन्त्री बन्ने भएका हुन् ।

पार्टीका वरिष्ठ उपाध्यक्षसमेतरहेका श्रेष्ठले गृहको जिम्मेवारी सम्हाल्ने चर्चा हुँदै आएको थियो ।