राष्ट्रपति पौडेलले नियुक्त गरे आधा दर्जनभन्दा बढी सल्लाहकार

होमल्याण्ड खबर

२०७९ चैत्र १६ गते, बिहीबार १४:२० मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलले आधा दर्जनभन्दा बढी वरिष्ठ ‘विज्ञहरू’ को सल्लाहकार सचिवालय नियुक्त गरेका छन्।

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री सुनिलबहादुर थापालाई प्रमुख सल्लाहकार नियुक्त गरेका छन्। थापालाई मन्त्री पदको सुविधा प्रदान गरिने आधिकार श्रोतले बतायो।

राष्ट्रपतिका अन्य सबै सल्लाहकारहरु पनि  नेपाली कांग्रेस पृष्ठभुमिबाट छानिका छन्। सुरेश चन्द्र चालिसेलाई प्रमुख स्वकिय सल्लाहकार, पूर्व महान्यायाधिवक्ता वावुराम कुँवरलाई कानुनी सल्लाहाकार तथा पूर्व गभर्नर चिरञ्जवी नेपाललाई आर्थिक सल्लाहकार नियुक्त गरिएको श्रोतले बतायो।