२० बैशाख २०८३, आईतवार
नेपाल प्रहरीका पूर्व डीआईजीपी रमेश खरेल वैशाख १० मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा २ को उपनिर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । खरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत बारा २ मा रास्वपाबाट निर्वाचन लड्ने घोषणा गरेका हुन् ।
‘नयाँ सिराबाट नेपाल आमालाई सेवा गर्ने उद्देश्यले बारा–२ बाट रास्वपामा आबद्ध भई आगामी वैशाख १० गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको छु’, खरेलले भनेका छन्, ‘डा. प्रणय राणाको अथक प्रयासलाई स्वागत र सम्मान गर्दै यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछु ।’


खरेलले राष्ट्र सेवामा ईमान्दारी र निष्ठाका साथ अगाडी बढ्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । यसअघि खरेल मंसिरमा भएको निर्वाचनमा नेपाल सुशासन पार्टीबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका थिए ।