९ मंसिर २०८१, आईतवार
बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी भएको छ । द डेली स्टार अनलाइनका अनुसार मंगलबार बिहान ढाकास्थित बंगबजारमा आगलागी भएको हो ।
आगो निभाउन ४७ वटा दमकल प्रयोग गरिएको समाचारमा जनाइएको छ । फायर सर्भिस तथा सिभिल डिफेन्स कन्ट्रोलका रुमका ड्युटी अफिसर रफी अल फारुकले मंगलबार बिहान ६स्१० बजे बंगबजार मार्केटमा आगलागी सुरु भएको हो । आगलागीको कारण अहिलेसम्म थाहा भएको छैन ।
त्यस्तै अहिलेसम्म मानवीय क्षति पनि नभएको खबर छ । प्रत्यक्षदर्शीका अनुसार बजारका पसलका सञ्चालकले आगलागीको खबर सुन्नेबित्तिकै सामान हटाउन थालेका थिए ।