३ चैत्र २०८२, मंगलवार
मधेस प्रदेश सरकारबाट एमाले बाहिरिने भएको छ। संघमा गठबन्धन भत्किएको झण्डै डेढ महिनापछि पार्टी प्रदेश सरकारबाट बाहिरिन लागेको एमाले संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले जानकारी दिए। आजे आफूहरूले मुख्यमन्त्रीलाई राजीनामा बुझाउने तयारी गरेको यादवले बताए ।
एमालेबाट मधेस सरकारमा रहेका ४ मन्त्री र एक जना राज्यमन्त्री सहभागी छन् ।


गयराति मुख्यमन्त्री सरोजकुमार यादवले एमालेका मन्त्रीहरूलाई टेलिफोन गरेर राजीनामा दिन भनेका थिए । त्यसपछि एमाले मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ।
आजै एमाले संसदीय दलको बैठक बसेर निर्णय गरी सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको एमाले नेता यादवले बताए ।
पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो ।
एमाले हटेपछि सरकारमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र लोसपा सहभागी हुने तयारी छ ।
मधेश प्रदेशमा सबभन्दा ठूलो दल एमालेका २३ सांसद छन् ।