नेप्सेमा ८.२८ अंकको गिरावट

होमल्याण्ड खबर

२०७९ चैत्र २३ गते, बिहीबार १५:५१ मा प्रकाशित

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० साताको कारोबारको अन्तिम दिन बिहिबार सामान्य अंकले घटेर बन्द भएको छ । आज नेप्से ८।२८ अंकले घटेर एक हजार ८ सय ६६ दशमलब ७९ विन्दुमा बन्द भएको हो ।

त्यस्तै, आज ९२ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ४८ कम्पनीको शेयरमूल्य बढेको छ भने १६५ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज कालिञ्चोक दर्शन कम्पनीको शेयरमूल्य ९।९८ प्रतिशतले बढेर प्रतिकित्ता ३११।८० रुपैयाँ पुगेको छ । यसका साथै आज सिटिजन म्युचुअल फण्ड २ को शेयरमूल्य पनि ९।९४ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार सामलिङ पावर कमपनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७।४३ प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज ४ करोड ९२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।