चार डीआईजीलाई एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

होमल्याण्ड खबर

२०७९ चैत्र २४ गते, शुक्रबार १४:४४ मा प्रकाशित

सरकारले नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बढुवा समितिले गरेको सिफारिस अनुसार चार डीआइजीलाई एकआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

बैठकले डीआईजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङ एआईजीमा बढुवा गरेको छ ।

चैत १३ गते चारै जना डीआइजीलाई एआईजीमा बढ्वा गर्न समितिले मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।