३ चैत्र २०८२, मंगलवार
काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवनअगाडि फेरि अर्का व्यक्तिले आत्मदाह प्रयास गरेका छन्।
शरीरमा आगो लगाएर ज्यान दिन खोज्ने ती व्यक्तिलाई तत्कालै प्रहरीले जोगाएको छ।


काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले आत्मदाह प्रयास गरेका एक युवकलाई बचाइएको जानकारी दिए।
उनका अनुसार आत्मदाह प्रयास गरेका युवकको पहिचान खुलिसकेको छैन। तर उनले पारिवारिक तनावका कारण आत्मदाह प्रयासो गरेको प्रारम्भिक विरण आएको कार्कीले बताएका छन्।