देउवालाई विपक्षी दलको मान्यता नदिन माग गर्दै परेको रिट खारेज

होमल्याण्ड खबर

२०७९ चैत्र २७ गते, सोमबार १४:४८ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको मान्यता दिन नहुने भनी मागदावी गरिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

अधिवक्ता विमल प्रसाद पोखरेलले दायर गरेको रिट निवेदन न्यायधीशहरु डा। आनन्दमोहन भट्टराई र डा। मनोजकुमार शर्माको इजलासले खारेज गरेको हो ।

आदेशको संक्षिप्त विवरण समेत सार्वजनिक नभएकाले के आधारमा निवेदन खारेज भयो भन्नेवारे केही उल्लेख छैन ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलको नेता सत्तासिन दल हुने भन्दै अधिवक्ता पोखरेलले त्यो दलका नेताले विपक्षी दलको नेताको मान्यता पाउन नहुने दावी गरेका थिए ।