रिक्त १६ एसएसपीमा बढुवा हुन प्रतिस्पर्धीहरू तिव्र लविइङमा

होमल्याण्ड खबर

२०८० बैशाख ३ गते, आईतवार ११:५६ मा प्रकाशित

नेपाल प्रहरीमा १६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पद खाली भएको छ ।

बुधबार १३ एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)मा बढुवा सिफारिस भएका छन । निवर्तमान प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको ब्याचका उमाशंकर पञ्जियार र जनकराज पाण्डे अवकाशमा गएका छन् र त्यसअघि एसएसपी लोकेन्द्र श्रेष्ठ पनि अवकाशमा गएका थिए ।

१३ एसएसपी डिआईजीपी बढुवा सिफारिस र तीन जना अवकाश भएपछि रिक्त १६ एसएसपी पदमा बढुवा हुन प्रतिष्पर्धीहरू लविइङमा लागेका हुन् ।

एसएसपी बढुवाको तयारी बढुवा समितिले गरेपछि बढुवामा पर्न प्रहरी उपरीक्षकहरू लविइङमा लागेका हुन् । एसएसपी बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव तथा प्रहरी महानिरीक्षक सदस्य हुन्छन् । सदस्य सचिव भने मानव श्रोत विकास विभागका प्रहरी अतिरिक्त महानिरीक्षक हुन्छन् । समितिले बढुवाका लागि फाइल पल्टाउन सुरु गरेपछि प्रहरी उपरीक्षक (एसपी)हरू तिव्र लविइङमा लागेका हुन् ।

एसपटक एसएसपीमा बढुवा हुन २०७५ जेठ २९ मा एसपी बढुवा भएकाहरू दाबेदार छन् । एसएसपी बढुवाको मेरिट लिस्टको पहिलो नम्बरमा माथि राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरी स्थानान्तरण भएर २०७४ मा प्रहरी उपरीक्षक भएका विमल बस्नेत छन् ।

उनीसँगै २०७५ जेठ २९ मा एसपीमा बढुवा भएका विश्व अधिकारी, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, विश्वमणि पोखरेल, शेखर खनाल, अविनारायण काफ्ले र सोमेन्द्रसिंह राठौर पनि प्रतिपर्धामा छन् ।

त्यस्तै मुकुन्द मरासिनी, कृष्णबहादुर पल्लीमगर, भूपेन्द्र खत्री, गङ्गा पन्त, गोपालचन्द्र भट्टराई, रवि पौडेल, बेलबहादुर पाण्डे, दिपशमशेर जबरा, नविनराज राई, तारादेवी थापा, आभूषण तिम्सिना, प्रवीण पोखरेल, प्रज्वल महर्जन र वसन्त रजौरे पनि लाइनमा र प्रतिष्पर्धामा छन् ।

उनीहरूबाहे २०७५ फागुन ७ मा एसपी भएका रमेश बस्नेत, श्यामकृष्ण अधिकारी र रवीन्द्र रेग्मी बढुवामा पर्न लविइङमा लागेका छन् ।

बैशाख १० मा राजेन्द्रसिंह खड्का र १४ मा चक्रबहादुर सिंह अनिवार्य अवकाशमा गएपछि थप दुई एसएसपी पद खाली हुँदैछ ।