९ मंसिर २०८१, आईतवार
माछापुछ्रे बैंक र नेशनल बैँकिङ इन्स्टिच्युट (एनबीआई)बीच एक वर्षका लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी सम्झौता भएको छ । सो सम्झौताअनुसार एनबीआईले माछापुछ्रे बैँकका कर्मचारीहरूको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरू उपलब्ध गराउनेछ । सम्झौतापत्रमा बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनबीआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले हस्ताक्षर गरे ।
बैँकमा हाल करिब ९ सय ९५ कर्मचारी छन् । बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखा, २ वटा एक्स्टेन्सन काउन्टरहरूलगायत २९ शाखारहित बैंकिङ सेवासमेत गरी जम्मा १ सय १७ स्थानबाट ग्राहक महानुभावहरूमा सम्पूर्ण बैँकिङ सुविधाप्रदान गरिरहेको छ । साथै, बैँकको देशभर ९९ वटा एटीएम सञ्चालनमा छ ।